राइडर प्रबिनले खोले ‘एसजीभी अटो गियर एण्ड एसेसोरिज’ शप, औषत मूल्यमा सामान पाइने

राइडर प्रबिनले खोले ‘एसजीभी अटो गियर एण्ड एसेसोरिज’ शप, औषत मूल्यमा सामान पाइने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राइडर प्रबिनकुमार मैनालीले भक्तुपरको ठिमीस्थित एसएस चोकमा ‘एसजीभी अटो गियर एण्ड एसेसोरिज’ शप सञ्चालनमा ल्याएका छन् ।

‘स्पोर्ट ग्रुप अफ भ्याली’ नामको राइडिङ कम्युनिटीका अध्यक्ष समेत रहेका उनले २० लाख रुपैयाँ लगानीमा उक्त शप खोलेका हुन् । गत शुक्रबार राइडरहरुलाई भेला गरी शोरुम उद्घाटन गरिएको हो ।

शोरुममा प्रिमियम ब्रान्डका हेल्मेटदेखी राइडिङ गियर, एसेसोरिज र लुब्रिकेन्ट्ससम्म उपलब्ध हुने उनले बताए । उनका अनुसारराइडर कम्युनिटीमा आबद्ध सदस्यहरुलाई एकै छानामुनी सम्पूर्ण सेवा उपलब्ध गराउनु यस शपको प्रमुख उद्देश्य हो ।

‘सुरक्षित राइडिङका लागि आवश्यक एसेसोरिज खोज्ने जोकोही राइडर हाम्रो शोरुममा आउन सक्नुहुनेछ, हामीकहाँ आएपछि कुनै पनि सामान नपाएर खाली हात फर्कनु पर्दैन, हामिकहाँ पाइने सामान गुणस्तरिय हुुनुको साथै मूल्य समेत सुलभ छ’ मैनालीले भने ।

Logo