काठमाडौं

महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलाल सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । "/>

सांसदको गाडीमा ढुङ्गा हान्ने उदयपुरका पासाङ दोर्जे पक्राउ

सांसदको गाडीमा ढुङ्गा हान्ने उदयपुरका पासाङ दोर्जे पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलाल सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका ६ बौद्ध महाङ्काल पानीट्याङ्की नजिक सडकमा बा १९ च ४९८ नम्बरको गाडीमा गन्तब्यतर्फ गइरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई सोमबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पूजा सिंहले सांसद दुलाल गाडीमै रहेको अवस्थामा शेर्पाले ढुङ्गा प्रहार गरेकाले पक्राउ गरिएको जानकारी दिइन् ।

ढुङ्गा प्रहारबाट सांसद सवार गाडीको अगाडिको सिसा चर्केको छ । त्यस्तै शेर्पाले सांसद दुलाल चढेको गाडीसँगै काठमाडौँ रामहिटी पिपलबोट बस्ने वीरबहादुर लामाको बा ३ च ९७१९ नम्बरको गाडीमा पनि ढुङ्गा प्रहार गरेका थिए ।

बा ३ च ९७१९ नम्बरको गाडीको अगाडिको सिसा समेत फुटेको छ । प्रहरीले शेर्पासँगै बा ४४ प २७७१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताइन् ।
अन्नपूर्णबाट

Logo