नायक आकाश श्रेष्ठ केही समय अघि मात्र चलचित्र ‘बिर बिक्रम २’ को लागि अनुबन्धित भएका थिए । तर आज सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस सार्वजनिक गर्दै उनले यो चलचित्र छोडेका छन् ।
उनले लेखेका छन् ‘सबै भन्दा पहिला त क्षमाप्रार्थी छु । मैले खेल्ने भनिएको चलचित्र ‘बिर बिक्रम’ म मेरो हजु्र बुवा बिरामी भएको हुदा उँहाको उपचारमा समय दिनुपर्ने कारणले गर्दा यो चलचित्रमा समय दिन नसक्ने भएको छु । मिलन दाईसँग काम गर्न पाउनु मेरो लागि ठूलो सौभाय थियो र खुसी पनि थिए तर यो टिमलाई साथ दिन सकिन । म आवद्घ नभए पनि बिर बिक्रम २ लाई सफलताको शुभकामना छ । आगामी दिनमा निर्देशक तथा निर्माता मिलन चाम्स दाईसँग काम गर्ने व्यग्र प्रतिक्षामा रहनेछु ।’
हजुर बुवा बिरामी भएको कारणले आकाशले यो चलचित्र छाडेका हुन् । आकाशले ‘बिर बिक्रम २’ छाडेसँगै पल शाह आजै यो चलचित्रको लागि अनुबन्धित भएका छन् ।





























प्रतिक्रिया