सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित चलचित्रको फस्टलुक सार्वजनिक भएका छ ।
मुस्कान ढकाल निर्देशित यस चलचित्रमा आशिष पिया र रेवती क्षेत्रीले डेब्यू गर्दै छन् । रेवती भारतको तर्फबाट ‘मिस इन्टरनेशनल’ विजेता हुन् भने आशिष यस चलचित्रमा आउनु अघि मोडलिङमा सक्रिय थिए । रेवतीले यस अघि केही भारतिय चलचित्रमा अभिनय समेत गरिसकेकी छिन् ।
ढकालले भने यस अघि ‘नाई नभन्नु ल ३’ निर्देशन गरेका थिए । नाइटिंगेल इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा रहनेछ । साथै इन्दु भण्डारी र खगेन्द्र श्रेष्ठको निर्माण रहने छ । यो चलचित्र माघ २५ अर्थात भ्यालेन्टाइन डे को आसपासमा रिलिज हुने भएको छ ।





























प्रतिक्रिया