चेन्नई आईपीएलको प्ले अफ होडबाट बाहिरियो

चेन्नई आईपीएलको प्ले अफ होडबाट बाहिरियो

केन्द्रबिन्दु
186
Shares

काठमाडौं । चेन्नई सुपर किङ्ग्स जारी सिजनमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफ होडबाट बाहिरिने पहिलो टोली बनेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेन्नई सनराइजर्स हैदरावादसँग ५ विकेटले स्तब्ध भएको हो ।

हैदरावादले चेन्नईलाई उसकै मैदानमा हराएको यो पहिलोपटक हो ।

चेन्नईले जितको लागि दिएको १५५ रनको लक्ष्य हैदरावादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै पूरा गर्यो । हैदरावादका लागि इशान किसनले ३४ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए ।

यसैगरी कामिन्डु मेन्डिसले ३२रन, ट्रेभिस हेड, अनिकेत शर्मा र नितिशकुमार रेड्डीले समान १९ रन जोडे।

बलिङमा चेन्नईका नुर अहमदले २ विकेट लिँदा खलिद अजमत,अन्सुल कम बोज र रविन्द्र जडेजाले समान १ विकेट लिए।

त्यसअघि चेपुक स्टेडिममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन मात्रै बनाएको थियो । चेन्नईका लागि डिवाल्ड ब्रेभिसले २५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ४२ रन बनाए। साथै दीपक हुड्डाले २२ रन तथा रविन्द्र जडेजाले २१ रन जोडे ।

बलिङमा हैदरावादका हर्षल पटेलले ४ विकेट लिए। कप्तान प्याट क्युमिन्सले २ विकेट झारे।

यो जितसँगै हैदरावाद ६ अङ्कसहित आठौँ स्थानमा छ भने पराजित चेन्नई चार अङ्कसहित पुछारमा छ। यो उसको सातौं हार हो ।

Logo