धादिङमा ग्यास बुलेट दुर्घटना, वडा सदस्यसहित २ जनाको मृत्यु

धादिङमा ग्यास बुलेट दुर्घटना, वडा सदस्यसहित २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धादिङमा ग्यास बुलेट पल्टेर भएको आगलागीमा २ जनाको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा भएको दुर्घटनामा परि सोही वडाकी वडा सदस्य गीता नेपाली र उनकी छोरी सुनिता नेपालीको मृत्यु भएको हो।

बेनीघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामु पुरीले घटनाको पुष्टि गरेका छन्। उनले वडा सदस्य नेपाली छोरीसंग हिडिरहेका बखत बुलेटबाट सल्केको आगोमा परेर मृत्यु भएको बताए। 

दुर्घटनामा चालक र अर्का एक जना पुरुष सामान्य घाइते भएको उनले बताए। ग्यास बुलेट सडकबाट २० मिटर तल खसेको छ । चालक भारतीय नागरिक भोला कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

फोटो: फाइल 

Skip This
Skip This
Logo