काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी भिड्दैछन् ।
फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ ।
ललितपुर अपराजित रहँदै फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा ललितपुरले साविक उपविजेता टोली धनगढी एफसीलाई हराएर दोस्रोपटक फाइनल यात्रा पक्का यात्रा गरेको थियो । यता दोस्रो क्वालिफायरमा पनि पोखराले धनगढीलाई नै पराजित गरेको थियो ।
अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ । जारी लिगमा उसले बलियो प्रदर्शन गर्दै आएको छ । यता नवयुग श्रेष्ठकाे कप्तानीमा रहेको पोखरा पहिलो पटक च्याम्पियन बन्ने होडमा छ। ललितपुर र पोखराबीच लिग चरणमा भएको खेलमा भने पोखरा ३–२ गोलले पराजित भएको थियो ।
एनएसएल उपाधि विजेता टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३० लाख रुपैयाँ पाउनेछ । विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ बृद्धि गरिएको हो।





























प्रतिक्रिया