आज काठमाडौं उपत्यकाका यी स्थानमा ८ घण्टासम्म बिजुली जानसक्ने

आज काठमाडौं उपत्यकाका यी स्थानमा ८ घण्टासम्म बिजुली जानसक्ने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको छ। प्राधिकरणका अनुसार मर्मत सम्भार तथा अन्य प्राविधिक कार्यका कारण ती स्थानहरूमा आठ ‍घन्टासम्म विद्युत अवरूद्ध हुनेछ ।

ललिपुरको पुल्चोक वितरण केन्द्रको खोकना फिडर अन्तर्गत पर्ने छम्पी, फर्सिडोल, जोर्खु, टोकलमाथ,खहरे,डुकुछाप,दनुवार बस्ती क्षेत्रमाशनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।

प्राधिकरणले एकान्तकुनास्थित रिङ रोडको पोल स्थानान्तरणका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती ठाउँहरूमा विद्युत अवरूद्ध हुने जनाएको छ।

काठमाडौंमा रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर, असन फिडर, महाबौद्ध फिडर, वीर हस्पिटल फिडर, नेपाल विद्युत प्राधिकरण फिडर, कमलादी फिडर, किंग्स वे फिडर, बागबजार फिडर, सिंहदरबार फिडर र नयाँ बजार फिडर अन्तर्गतका स्थानहरूमा पनि शनिबार विद्युत अवरूद्ध हुने छ।

बबरमहल फिडर अन्तर्गत पर्ने खुल्ला मञ्चसँगै, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा टेलिकम अकासे पुलसँगै, महिलाजेल नजिकै टेलिकम अफिस हुँदै, भन्सार विभाग, रानीपोखरी प्रहरी कार्यालय सम्म बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

असन फिडर अन्तर्गत पर्ने रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडी, मसला गल्लीको मोड सम्मका क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने छ।

त्यस्तै, महाबौद्ध फिडर अन्तर्गत पर्ने महाबौध्द सव स्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशन भित्र, विशाल बजार अगाडी, गणेश स्थान ट्रमा हस्पिटल पछाडी केबुल हेड सम्मका क्षेत्रहरूका पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

वीर हस्पिटल फिडर अन्तर्गत पर्ने वीर हस्पिटल, ट्रमा सेन्टर, वीर हस्पिटल आसपासका क्षेत्र, प्राधिकरण फिडर अन्तर्गत पर्ने ने.बि.प्रा. कम्पाउण्ड, कमलादी फिडर अन्तर्गत पर्ने घण्टाघर जाने मसजिद, कमलादी गणेशस्थान, हेरीटेज प्लाजा, मार्कोपोलो होटेल हुँदै, ज्योती विकास बैंक अगाडि,कमल पोखरी, नेपाल प्रज्ञाप्रतिष्ठान, काठमान्डु प्लाजा अगाडि पुरानो ज्योति विकास बैंक अगाडि सम्म, किंग्स वे फिडर अन्तर्गत पर्ने जमल पुल अगाडि, विश्वज्योति हल एरिया, यलो प्यागोडा, अन्नपुर्ण होटेल भित्र सम्म, निर्वाचन आयोग अगाडिसम्म बिहान ८ बजेदिखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

त्यस्तै बागबजार फिडर अन्तर्गत पर्ने भक्तपुर बसपार्क, बागबजार, पुतलीसडक चोक, पुरानो बसपार्क, शंकरदेव क्याम्पस एरिया, सिंहदरबार फिडर अन्तर्गत पर्ने प्रदशनी मार्ग, सेसु, पुलिस क्लब, पद्मोदय मोड क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने छ।

त्यसैगरी नयाँबजार फिडर अन्तर्गत पर्ने बिष्णुमती नदी पूर्व नयाँबजारबाट सोह्रखुटे ओरालो हुँदै म्हैपी मन्दिर पूर्व भाग मनाङे गेट, भ्याली कोल्ड स्टोर, बखतीपोखरी, इन्द्रायणी मन्दिर आसपास बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

Logo