काठमाडौँ
सहरी विकास मन्त्रालयले गठन गरेको प्राविधिक टोलीले नुवाकोट र धादिङको सिमानास्थित बन्चरे डाँडामै ल्यान्डफिल साइट बनाउनुपर्ने सुझाब दिएको छ । सो टोलीले फोहोरमैला प्राविधिक सहयोग केन्द्रले तीन वर्ष अघि गरेको अध्ययन प्रतिवेदनलाई सदर गर्दै बन्चरे डाँडामै दीर्घकालीन ल्यान्डफिल साइट बनाउनु उपयुक्त हुने आशय सहितको प्रतिवेदन बुझाएको मन्त्रालयले जनाएको छ ।
फोहोरमैला प्राविधिक सहयोग केन्द्रले तीन वर्ष अघि गरेको अध्ययनले बन्चरे डाँडामा ल्यान्डफिल साइट तयार गर्न, नदी डाइभर्सन गर्न, लिचड पोखरी बनाउन, फोहोर प्रशोधन केन्द्र बनाउन दुई अर्ब भन्दा बढी खर्च हुने देखाएको थियो । तर विगत तीन वर्षमा निर्माण सामग्री, मजदुरको ज्याला, ढुवानी लगायतको लागत रकम निकै बढिसकेकाले केन्द्रले तीन वर्ष अघि गरेको लागत अनुमान संशोधन गर्नुपर्ने प्राविधिक टोलीले सुझाब दिएको काठमाडौं महानगरपालिकाका एक कर्मचारीले बताए ।
सरकारले यसअघि नै काठमाडौं महानगरपालिकासहित १० वटै नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनी नेप वेस्टलाई दिन सहमति गरिसकेको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया