काठमाडौं। क्रिस्टियानो रोनाल्डो प्रेरित साउदी अरब क्लब अल–नासर एएफसी च्याम्पियन्स लिग इलिटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा जापानी क्लब योकोहामा एफ मरिनोसमाथि ४–१ गोलको रवाफिलो जित दर्ता गर्दै अल–नासरले सेमिफाइनलमा स्थान पक्का गरेको हो । अल–नासरको जितमा जोन ड्युरानले २ गोल गरे भने साडियो माने र रोनाल्डोले एकएक गोल थपे ।
प्रतियोगितामा रोनाल्डोको यो आठौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको पाँचौं स्थानमा छन् । उनले खेलको खेलको ३८औं मिनेटमा प्रभावशाली गोल गरेका थिए ।
प्रतियोगिताको क्वार्टरफाइनलदेखि फाइनलसम्मका सबै खेलहरू जेद्दामा आयोजना भइरहेका छन्, जसको विजेता मे ३ मा तय हुनेछ। सेमिफाइनलमा अल–नासरले अब कतारको अल–सद्द वा जापानको कावासाकी फ्रन्टालेसँग प्रतिस्पर्धा गर्नेछ। यी दुईबीचको भिडन्त आइतबार हुनेछ।
साउदी अरब क्लब अल हिलाल पनि यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।































प्रतिक्रिया