एथर इलेक्ट्रिक स्कुटरको तीनवटै भेरिएन्टको मूल्य घट्याे

एथर इलेक्ट्रिक स्कुटरको तीनवटै भेरिएन्टको मूल्य घट्याे

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । नेपालमा एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ २०२५ संस्करणका स्कुटरहरू सार्वजनिक गरेसँगै तीनवटै भेरिएन्टको मूल्य घटाएको छ ।

कम्पनीले एथर ४५० एस र एथर ४५० एक्सका विभिन्न मोडलको मूल्यमा २५ हजारदेखि ४० हजार रुपैयाँसम्म कटौती गरेको जनाएको छ।

एथर इलेक्ट्रिकले आफ्नो लोकप्रिय मोडल ४५० एसको मूल्यमा उल्लेखनीय कमी ल्याएको छ । पहिले ३ लाख ५० हजार रुपैयाँ रहेको यो स्कुटर अब ३ लाख २४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ।

यसैगरी एथर ४५० एक्सका दुईवटै भेरिएन्टको मूल्य घटाएको छ । २.९ किलोवाट आवर ब्याट्री भएको भेरिएन्टमा ३५ हजार रुपैयाँ घटाइएको छ र अब यो ३ लाख ६४ हजार ९९९ रुपैयाँमा पाइनेछ । यसले एक चार्जमा १२६ किमि रेन्ज दिने बताइए पनि वास्तविक रेन्ज १०५ किमि सम्म हुनेछ। यो स्कुटरले ०-४० किमि प्रतिघण्टाको गति ३.३ सेकेन्डमा लिन सक्छ र यसको ब्याट्री ३ घण्टामा ८० प्रतिशत चार्ज हुन्छ।

त्यसैगरी, ३.७ किलोवाट आवर ब्याट्री भएको एथर ४५० एक्सको मूल्य ४० हजार रुपैयाँले घटेर ३ लाख ९९ हजार ९९९ रुपैयाँ कायम भएको छ। यसले १६१ किमि रेन्ज दिने दाबी गरिएको छ तर वास्तविक रेन्ज १३० किमि हुनेछ। यसको ब्याट्री ८० प्रतिशत चार्ज हुन साढे ४ घण्टा लाग्छ र ०-४० किमि प्रतिघण्टाको गति ३.३ सेकेन्डमै लिन्छ।

कम्पनीले सबै स्कुटरमा ५ वर्ष वा ६० हजार किलोमिटर सम्मको ब्याट्री वारेन्टी, ३ वर्ष वा ३० हजार किलोमिटर सम्मको स्कुटर वारेन्टी र एथर पोर्टेबल चार्जरमा ३ वर्षको वारेन्टी प्रदान गरेको छ। यो मूल्य कटौतीले विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ।

Logo