सत्ता गठबन्धनको बैठकमा आज पनि गएनन् गगन थापा

सत्ता गठबन्धनको बैठकमा आज पनि गएनन् गगन थापा

केन्द्रबिन्दु
180
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निवासमा जारी सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अनुपस्थित रहेका छन् । सरकारका कामकारबाहीबारे छलफल भइरहेको बैठकमा थापा अनुपस्थित छन् ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री आरजु राणा र एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीय ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल उपस्थित छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, खानेपानीमन्त्री प्रदीय यादव, श्रममन्त्री शरदसिंह भण्डारी पनि बैठकमा उपस्थित छन् ।

थापा यसअघि पनि सरकारले गठन गरेको राजनीतिक संयन्त्रको बैठकमा अनुपस्थित थिए ।

Skip This
Skip This
Logo