सर्वोच्चमा बबण्डरः रेशम चौधरी आजै छुट्ने, पत्र काट्ने कर्मचारी पुगे हिरासत

सर्वोच्चमा बबण्डरः रेशम चौधरी आजै छुट्ने, पत्र काट्ने कर्मचारी पुगे हिरासत

केन्द्रबिन्दु
567
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् ।

जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता सभामा सहभागी हुन पुगेका चौधरीलाई आज दिउँसो कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका थिए । हाल उनलाई डिल्लीबजार कारागार लगिएको छ ।

यसले विभिन्न शंकाहरु उब्जाएको थियो र सर्वोच्चको पत्रमै प्रश्न उठेको थियो । टिकापुर घट्नाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको समाचार बाहिरिएका थिए । टीकापुर काण्डमा प्रमुख योजनाकार ठहरिएका चौधरीलाई २०७२ भदौमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो । जसलाई उच्च हुँदै सर्वोच्च अदालतले पनि सदर गरेको थियो । तर, राजनीतिक पहुँचकै कारण राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए र सक्रिय राजनीतिमा फर्किएका थिए ।

तर, अहिले चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।

Logo