काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । साँझ ७ बजे आह्वान गरिएको बैठकले शिक्षक आन्दोलनका विषयमा निर्णय लिने बताइएको छ ।
सरकारसँग वार्ता र आन्दोलन दुवै गरिरहेको नेपाल शिक्षक महासंघले केही माग मन्त्रिपरिषद्बाटै टुङ्गाउनुपर्ने भएपछि बैठक बस्न लागेको हो । वार्ता आज पनि भएको थियो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकसहित शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन् ।
शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।































प्रतिक्रिया