नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय झिलीमिली बनाइएको छ। लोडसेडिङ् हटेको प्रतिकका रुपमा बिभिन्न खालका रंगीचंगी बत्तीले सिंगारिएर कार्यालयलाई झिलिमिली बनाइएको हो। "/>

प्राधिकरणको कार्यालय झिलिमिली, कुलमान भन्छन- ‘ढुक्कले दिल खोलेर बत्ती बालौँ’

प्राधिकरणको कार्यालय झिलिमिली, कुलमान भन्छन- ‘ढुक्कले दिल खोलेर बत्ती बालौँ’

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय झिलीमिली बनाइएको छ। लोडसेडिङ् हटेको प्रतिकका रुपमा बिभिन्न खालका रंगीचंगी बत्तीले सिंगारिएर कार्यालयलाई झिलिमिली बनाइएको हो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ् हटेको प्रतिकका रुपमा प्राधिकरण सिङ्गारिएको र सबैले निर्धक्क भएर बत्ती बाल्न आग्रह गरिएको जानकारी दिए।  ‘सबैले निर्धक्क भएर झिलिमिली बत्ती बाल्न आग्रह गर्छौ। ‘ निर्देशकले घिसिङ्ले भने। 

कुशल ब्यबस्थापकको पहिचान बनाएका घिसिङले तिहारलाई झिलिमिली पार्न बिशेष योजना समेत ल्याएका छन्। घिसिङ्ले तिहारमा देशभर कहिँ कतै पनि लोडसेडिङ् नगर्ने लक्ष्यका साथ कर्मचारीहरुलाई तयारी अबस्थामा परिचालन गरेर योजना अघि सारेका हुन्। 

प्राधिकरणले देशभर २४ सै घण्टा खटिने गरी करिब ३ हजार भन्दा बढी कर्मचारी परिचालन गरेको छ । विद्युत् प्रसारणमा कुनै अवरोध नहोस् भन्ने हेतुले स्रोतसाधनसहित कर्मचारीहरुलाई तयारी अबस्थामा राखेको हो। प्राधिकरणले हरेक वितरण केन्द्रमा २५ जनाका दरले कर्मचारी खटाइएको छ । देशभर ११० वितरण केन्द्र रहेका छन्। 

प्राधिकरणले वितरण केन्द्र, नोलाइट, ग्रीडका कर्मचारीले कुनै कमजोरी गरे विभागीय कारवाही गर्ने चेतावनी समेत दिएको छ। प्राधिकरणका अनुसार ग्रीड महाशखा र नो लाइट शाखाका कर्मचारीलाई पनि तिहार लक्षित योजनामा खटाइईको छ। तिहारको समयमा उद्योग, क्ल कारखाना, कार्यालय  लगायत बन्द रहने भएकाले पनि ति ठाउमा प्रयोग हुने बिधुत झिलिमिली योजनामा प्रयोग हुनेछ। 

तिहारका लागि भनेर प्राधिकरणले कुलेखानी संचालन गर्ने भएको छ कुलेखानी यसपालि १५२६ मिटरभन्दा माथि छ। यो अहिलेसम्मकै धेरै हो । यसका साथै प्राधिकरणले भारतबाट पनि मागअनुसारको विद्युत् आयात गर्ने भएको छ ।  तिहारमा लक्ष्मी पूजाको दिन साँझ साढे आठ बजेसम्म बिधुतको उच्च माग हुने गरेको छ। 

तिहारमा अधिकतम १ हजार २७० मेगावाट बराबर बिधुतको माग हुन्छ। प्राधिकरणले भने एक हजार ५ सय सम्मको माग भए पनि धान्न सक्ने बताएको छ। निर्देशक घिसिङ्कै पहलमा २ बर्षअघि लोडसेडिंग अन्त्य भएको थियो ।

फोटो: मिलन पाण्डे 

Skip This
Skip This
Logo