‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’ -उपप्रधानमन्त्री सिंह

‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’ -उपप्रधानमन्त्री सिंह

केन्द्रबिन्दु
12
Shares

वालिङ (स्याङ्जा) । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा पनि कामले नतिजा देखिनुपर्ने बताएका छन् ।

केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिले आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल शृङ्गारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले काम नतिजामुखी हुनुपर्नेमा जोड दिएका हुन् ।

“जनताले विश्वास काम गरेपछि मात्रै गर्ने हुन्”, उनले भने, “अब बोलेर होइन कामबाट उपलब्धि देखिनुपर्यो तबमात्र जनताले विश्वास गर्छन् ।” पूर्वाधार निर्माणका क्रममा तीनै तहका सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुमा समन्वय र सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।

उनले सरकार बजेट बनाउने समयमा रहेकाले आगामी बजेटमा यहाँको विकास निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा सम्बोधन गर्ने बताए ।

धार्मिक एवं ऐतिहासिक स्थलकारुपमा रहेको केदारनाथको पहिचान संरक्षण गर्दै शिवधामका रुपमा स्थापित गर्न महायज्ञ आयोजना गरिएको केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँडले बताए ।

केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही वैशाख २३ गतेसम्म सञ्चालन हुनेछ ।

Logo