बिरालो पाल्ने जागिर खुलेको कहिले सुन्नु भएको छ ? आजसम्म प्राय त मानिसहरुले आफ्नो शौख पुरा गर्न बिरालो पाल्ने गरेका छन् । तर अब बिरालो पाल्ने जागिर पनि खुलेको छ ।
रुसमा बिरालो पाल्नको लागि विधिपूर्ण रोजगारीको विज्ञापन खुलेको छ । रोजगार पाउनको लागि केही मानिसहरुले आवेदन पनि दिएका छन् । यो रोजगार पाउनेलाई संस्थाको जस्तै केही सुविधाहरु पनि दिनेछ, जुन रोजगारीको समय काम लाग्नेछ ।
वास्तवमा, रुसको जेलेनोग्रादस्क शहरको गल्लीमा घुम्ने बिरालोहरुलाई पालन पोषण गर्नको लागि एक रुसी संस्थाले रोजगारको लागि विज्ञापन निकालेको हो । विज्ञापनमा भनिएको छ, हामीलाई यस्तो मानिस चाहिएको छ, जो बिरालोलाई धेरै माया गर्छ र यसको पालनपोषण र हेरचाह राम्रो तरिकाले गर्छ । यस कामको सट्टामा तलब पनि दिईनेछ । रोजगार पाउने व्यक्तिले बिरालोलाई खाना खुवाउनु पर्नेछ, त्यस्तै साईकलमा घुमाउनु पनि पर्नेछ । बिरालोलाई खाना खुवाउनेलाई हरेक पहिना ८० डलरको रकम निर्धारण गरिएको छ ।
८० जनाले आवेदन दिए
यो रोजगारी पाउनको लागि कुल ८० जना मानिसले आवेदन दिएका छन् । जसमा अहिले एक महिलालाई रोजगारीको लागि राखिएको छ । उक्त महिलालाई रोजगारको पहिले दिनमा नै साईकल, ज्याकेट, टाई र टोपी दिइएको छ ।
संस्थाको उद्देश्य
मानिसहरुमा बिरालो प्रति माया बढाउनको लागि यस प्रकारको विज्ञापन निकाल्नु संस्थाको मुख्य उद्देश्य रहेको छ । यसमा बाटोमा छाडा छोडिएको बिरालोलाई पनि खाना खुवाउने छ ।





























प्रतिक्रिया