नेपालका प्रयोगकर्ताहरूका लागि रियलमीले ल्यायाे सरल किस्ता योजना

नेपालका प्रयोगकर्ताहरूका लागि रियलमीले ल्यायाे सरल किस्ता योजना

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले प्रिमियम स्मार्टफोनहरूलाई नेपालभरका प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत प्रयोगकर्ताहरूले केवल आफ्नो नागरिकता प्रमाणपत्र पेश गरेर बिना झन्झट सजिलो र सुविधाजनक मासिक किस्तामा रियलमी स्मार्टफोन किन्न सक्नेछन् ।

रियलमीको यस योजनामा गुडविल फाइनान्स लिमिटेड र जगदम्बा हायर पर्चेजले प्रयोगकर्ताहरूलाई थप सुविधा सम्पन्न स्मार्टफोनहरू सजिलैसँग प्राप्त गर्ने अवसर प्रदान गरेको छ । यो योजनाअन्तर्गत, प्रयोगकर्ताहरूले रियलमीका लोकप्रिय मोडलहरू छनौट गर्न सक्नेछन् ।

रु. ३३,९९९ रुपैयाँ मूल्य रहेको नार्जो ७० प्रो १३,५९९ रुपैयाँको डाउन पेमेन्टमा र १,६९९ रुपैयाँको मासिक किस्तामा उपलब्ध रहेको छ । त्यस्तै थप बजेट–अनुकूल विकल्प खोज्नेहरूका लागि, रियलमी सि७५ (८+१२८जीबी स्टोरेज) रु.२६,९९९ मा उपलब्ध छ, जसमा रु. १०,७९९ को डाउन पेमेन्ट र रु. १,३४९ को मासिक किस्तामा उपलब्ध रहेकाे कम्पनीकाे भनाइ छ ।

त्यसैगरी वैकल्पिक रूपमा, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको सि७५ रु. २९,९९९ मा खरिद गर्न सकिन्छ, जसको डाउन पेमेन्ट ११,९९९ रुपैयाँ र मासिक भुक्तानी केवल १,४९९ रुपैयाँ मात्र हुन्छ ।

विशेषगरी यो योजना पूर्ण रकम अग्रिम भुक्तान नगरी अत्याधुनिक सुविधा भएको स्मार्टफोन खरिद गर्न चाहने युवा प्रयोगकर्ताहरू, विद्यार्थीहरू र पहिलो पटक स्मार्टफोन खरिदकर्ताहरूका लागि उपयुक्त रहेको छ ।

यो योजना अब देशभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध रहेको छ ।

Logo