माघ २५ लाई प्रर्दशन मिति तय गरेको चलचित्र ‘प्रेमलिला’ ले प्रमोशन सुरु गरेको छ । चलचित्र निर्माण युनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’ आयोजना गर्ने भएको छ ।
चलचित्रकी निर्मात्री तथा नायिका दीपशिखा भन्छिन् ‘सुन्दरता आँखाको भ्रम हो । माहिलाको लागि कपाल पक्कै पनि प्यारो छ । कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ । उनी भन्छिन्, ‘हामीले पनि बाहिरी सुन्दरतालाई नै महत्व दिएका छौं । मैले पनि तक्लु बन्दाको फरक पन र मानिसले महिलाको सुन्दरता हेर्ने नजर महसुस गरेकी छु ।’ यस चलचित्रकी निर्मात्री तथा नायिका दीपशिखाले भनिन्, ‘त्यो अनुभव सबैसँग साट्नका लागि ‘तक्लु ब्युटी कन्टेस्ट’ को आयोजना गर्न लागेका हौं ।’
यो प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताको लागि चलचित्रको अफिसियल फेसबुक पेज (प्रेम लीला) (The movie -www.facebook.com/Premleelaa) लाइक गरी आफनो कन्ट्याक्ट डिटेल्ससहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्नेछ । प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कुष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइने छ । अन्तिम १० जना लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५० हजार रुपैंया, दोस्रो हुनेलाई २५ हजार रुपैंया र तेस्रो हुनेलाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ ।
जनक पाण्डेको निर्देशन रहेको यस चलचित्रमा पवन गौतमले खिचेका छन् । यस चलचित्रमा नायिका खड्कासँगै भारतिय मोडल अलि खान मुख्य भूमिका रहेका छन् । दीपशिखा र अलीको मुख्य भूमिका रहेको यस चलचित्रमा रेखा शाह, सुरज तमु, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतका कलाकारहरुको अभिनय रहेको छ ।





























प्रतिक्रिया