नेपाल । इंग्लिश प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले नटिङ्घम फरेस्टलाई पराजित गरेको छ। गएराति भएकाे खेलमा ब्रेन्टफोर्डले नटिङ्घमलाई उसकै मैदानमा २-० ले स्तब्ध पारेकाे हाे ।
ब्रेन्टफोर्डका केभिन शाडेले पहिलो हाफको अन्त्यतिर ४४औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए। त्यसपछि खेलको ७०औँ मिनेटमा योआने विसाले गोल गर्दै ब्रेन्टफोर्डको अग्रतालाई थप बलियो बनाए।
घरेलु टोली नटिङ्घम फरेस्टले गोल फर्काउने प्रयास गरे पनि ब्रेन्टफोर्डको बलियो रक्षापंक्तिलाई तोड्न सकेन र ब्रेन्टफोर्डले सहज जित हासिल गर्यो।
नटिङ्घमकाे याे हारले शीर्ष चारमा उक्लने माैका गुमाएकाे छ । नटिङ्घम ६० अंकसहित छैटाैं स्थानमा छ । यता ब्रेन्टफोर्ड ४९ अंकसहित ११औं स्थानमा छ ।





























प्रतिक्रिया