पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेको छ। टस हारेर ब्याटिङ्गको निम्तो पाएको चितवनले पोखरा पल्टनलाई १६१ रनको चुनौती दिएको थियो। "/>

पीपीएलको उपाधि पोखरा पल्टनको पोल्टामा

पीपीएलको उपाधि पोखरा पल्टनको पोल्टामा

केन्द्रबिन्दु
0
Shares

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेको छ। टस हारेर ब्याटिङ्गको निम्तो पाएको चितवनले पोखरा पल्टनलाई १६१ रनको चुनौती दिएको थियो। लक्ष्य पछ्याउने क्रममा पोखराले १९.२ ओभरमा ४ बल बाँकी रहँदै ३ विकेटले जित हात पारेको हो। 

पोखराका लागि रविइन्द्रर सिंहले ५८ बलमा सर्वाधिक ९० रन बनाए ।  मोहम्मद नाभिद २५, कप्तान शरद २२, आशिफ सेखले १२ रन बनाए । कुशल भुर्तेल चार रनमा आउट हुँदा रोहित पौडेल शून्य रनमै आउट भए । 

प्रतियोगिताको लिग चरणमा पनि पोखरा पल्टनले चितवनलाई ५ विकेटले पराजित गरेको थियो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

चितवन राइनोले काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने पोखराले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । त्यस्तै, चितवन र काठमाडौंले पनि ५ खेलमा समान ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेका थिए । चितवन दोस्रो र काठमाडौं तेस्रो हुदै इलिमिनेटरमा स्थान बनाएको थियो ।

जितसंगै पोखराले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । त्यस्तै, उपविजेता चितवनले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।

नेपालमा हालसम्म भएका प्रतियोगितामा शरदको टोलीले ५० ओभरको नेपाल प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग(ईपीएल)को पहिलो संस्करण र पीपीएलको उपाधि जितेको छ भने पारसको टोलीले धनगढी प्रिमियर लिग(डीपीएल)को पहिलो संस्करण र ईपीएलको दोस्रो संस्करणको उपाधि जितेको छ ।

Logo