राजधानीको मानसी किड्स प्यालेसले दशैं तिहार र छठको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार किड्स प्यालेसको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका साना बालबालिका, अतिथी, अभिभावक, विद्यालय संचालक र विद्यालयका शिक्षक शिक्षिकाले भाइटिका लगाउदै शुभकामना आदानप्रदान गरेका थिए ।
२ वर्षदेखि राजधानीको डिल्लीबजारमा संचालित मानसी किड्स प्यालेसका साना सानाभाइ बहिनीहरुले सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुती समेत दिएका थिए । कार्यक्रममा उपस्थित अतिथी एवं अभिभावकले पनि सो अवसरमा शुभकामना दिएका थिए ।
शान्त एवं सौम्य वातावरणमा संचालित किड्स प्यालेसमा पुर्व प्राथमिक तहको अध्यापन गराइन्छ । विद्यालयले विभिन्न चाडपर्व तथा अवसरमा यस प्रकारका कार्यक्रम गर्दै आएको विद्यालय संचालक मुक्ति अर्यालले बताए ।
यस्तै अर्का संचालक दिपकराज भुसालका अनुसार हाम्रा संस्कृती र परम्परालाई जोगाइ राख्न र तिनको जर्गेनाका निम्ती विद्यालयले निरन्तर कार्यक्रम आयोजना गरेर उत्प्रेरणा प्रदान गर्नेछ ।






























प्रतिक्रिया