मन्त्रिपरिषद्काे बैठक स्थगित

मन्त्रिपरिषद्काे बैठक स्थगित

केन्द्रबिन्दु
123
Shares

काठमाडौँ । आज (शुक्रबार)बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।

बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो ।

सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्को बैठकमा प्रस्तुत हुनेछ ।

Skip This
Skip This
Logo