पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा चितवनले पोखरा पल्टनलाई १६१ रनको चुनौती दिएको छ। टस हारेर ब्याटिङ्गको निम्तो पाएको चितवनले सबै ओभर खेल्दै ५ विकेटको क्षतिमा १६० रन बनाएको हो।
प्रतियोगितामा चितवन राइनोजका कप्तान पारस खड्काले अर्धशतक बनाउन सफल भए। पारसले ओपनर अनिलकुमार शाहसँग ७६ रन साझेदारी गर्दै आउट भए। पारसले ३७ बलमा ९ चौकासहित ५१ रन बनाए ।
लिग चरणमा पोखरा पल्टनले चितवनलाई ५ विकेटले पराजित गरेको थियो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । आजको खेलमा पोखराले चितवनमाथि जितलाई निरन्तर दिंदै उपाधि जित्न चाहन्छ भने चितवनले बदला लिंदै उपाधि हात पार्न चाहेको छ ।
चितवन राइनोले काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने पोखराले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो ।त्यस्तै, चितवन र काठमाडौंले पनि ५ खेलमा समान ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेका थिए । चितवन दोस्रो र काठमाडौं तेस्रो हुदै इलिमिनेटरमा स्थान बनाएको थियो ।
पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।
नेपालमा हालसम्म भएका प्रतियोगितामा शरदको टोलीले ५० ओभरको नेपाल प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग(ईपीएल)को पहिलो संस्करणको उपाधि जितेको छ भने पारसको टोलीले धनगढी प्रिमियर लिग(डीपीएल)को पहिलो संस्करण र ईपीएलको दोस्रो संस्करणको उपाधि जितेको छ।





























प्रतिक्रिया