भाजपा विदेश प्रमुख चौथाइवालेले प्रचण्डलाई वर्तमान प्रधानमन्त्री भनेर सम्बोधन गरेपछि…

भाजपा विदेश प्रमुख चौथाइवालेले प्रचण्डलाई वर्तमान प्रधानमन्त्री भनेर सम्बोधन गरेपछि…

केन्द्रबिन्दु
303
Shares

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवालेले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वर्तमान प्रधानमन्त्री भनेर सम्बोधन गरि लेखेको स्टाटस सच्याएका छन् ।

नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन उद्देश्यले नेपाल भ्रमणमा आएका चौथाईवालेले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

बुधबार भेटवार्ता भएपनि शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अध्यक्ष प्रचण्डलाई वर्तमान प्रधानमन्त्री भनेर सम्बोधन गरेका थिए । उनले लेखेका थिए, ‘काठमाडौंमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा जी, वर्तमान प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड जी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जीसँग भेटघाट’

तर पछि उनले सच्चाएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नाम फेसबुक स्टाटसमा समावेश गरेका छन् । स्टाटस सच्याउँदै उनले लेखे, ‘पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा, श्री माधव नेपाल, श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्तमान प्रधानमन्त्री श्री केपी शर्मा ओलीसँग’

प्रधानमन्त्री ओलीदेखि सत्तारुढ दल नेपालीका कांग्रेसका सभापति देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरुसँग भेटघाट गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले अनेक प्रयास गर्दा पनि भारत भ्रमणको निम्ता पाउन नसकिरहेका बेला मोदीका विश्वासपात्र चौथाईवालेले नेपाल आएर राजनीतिक भेटघाट गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।

बुधवार बिहान काठमाडौं आइपुगेका उनी शुक्रवार फर्किने कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo