काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई फिल्मीशैलीमा पक्राउ गराउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई म्याद थपेर अनुसन्धान हुने भएको छ ।
अनधिकृत रुपमा सर्वोच्चको लेटरहेडमा चौधरीलाई पक्राउ गर्न डिल्लीबजार कारागारलाई पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टलाई म्याद थप गर्न लागिएको हो ।
बुधबार दिउँसो नाउपा र सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणासभामा सहभागी हुन प्रज्ञा प्रतिष्ठान कमलादी पुगेका चौधरीलाई त्यहींबाट पक्राउ गरेको थियो, कारण थियो विष्टको पत्र । पछि उनले अनधिकृत रुपमा पत्र काटेको पाएपछि चौधरी छुटेका थिए ।
टीकापुर घटनामा मुद्दा विचाराधीन भएको बेलामा चौधरीलाई कैद गर्नु भनी आफैं अनधिकृत पत्र लेखेका विष्ट नै त्यसको केही घण्टामै अदालत प्रशासनको पत्रबमोजिम पक्राउ परेका थिए । उनले तोकिएको जिम्मेवारीभन्दा बाहिर गई काम गरेको सर्वोच्चको निष्कर्ष छ ।































प्रतिक्रिया