काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको बताएका छन् ।
शुक्रबार भावी योजना र कार्यसम्पादन मूल्याङ्कनका लागि श्वेतपत्र जारी गर्दै कार्यकारी निर्देशक शाक्यले उक्त रकम ऋण लिने प्रक्रिया अगाडि बढेको बताएका हुन् ।
‘नेपाल विद्युत प्राधिकरण घाटामा छ, कागजमा पैसा भएपनि खातामा पैसा छैन, प्राधिकरण सञ्चालन र नयाँ योजना अगाडि बढाउनको लागि १० अर्ब रुपैयाँ ऋण लिन लागेका हौं,’ उनले भने ।
शाक्यले प्राधिकरणमा क्यास ब्यालेन्स नरहेको बताउँदै ऋण स्वीकृतिको लागि नेपाल सरकारलाई पत्र पठाएका बताए ।
प्राधिकरण सधैं नाफामा देखाउँदै आएका अघिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङले आए पनि शाक्यले नोक्सानी देखाउँदा प्राधिकरण पनि समस्यामा रहेको देखिएको छ । शाक्यले प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख गरेको छन् ।
प्राधिकरणले लिन लागेको यो अल्पकालीन ऋण यो –यो क्षेत्रमा खर्च हुने भनेर खाकाको विवरण भने सार्वजनिक गरेको छैन ।





























प्रतिक्रिया