काठमाडौं

झुठो बिवरणमा नेपाली नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष, सदस्य र वडा सचिवसहित १६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । "/>

भारतीयलार्इ नेपाली नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष सहित १६ जना विरुद्ध मुद्दा

भारतीयलार्इ नेपाली नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष सहित १६ जना विरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

झुठो बिवरणमा नेपाली नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष, सदस्य र वडा सचिवसहित १६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

झुठो बिवरणमा सिफारिस गर्ने विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश शाह र वडा सचिव पुष्पा तिम्सिना सहित आफ्ना छोराहरु हुन् भनेर झुठा बिवरण पेश गर्ने मोरङ कटहरी गाप १ का ५५ वर्षीय सत्यनारायण पोद्दार सहित नागरिकता लिने सात जना भारतीय नागरिक र झुठो बिवरणमा सर्जमिन गर्ने पाँच जना नेपाली नागरिकविरुद्ध जिल्ला अदालत मोरङमा आइतबार मुद्दा दर्ता भएको हो ।

उनीहरु सबैलाई अलग–अलग ६ वटा अभियोग तयार गरी झुठा बिवरण पेश गरी नेपाली नागरिकता लिएको कसुर अपराधमा अभियोग पत्र अदालतमा दर्ता गरिएको जिल्ला न्यायाधिबक्त्ता पुण्यप्रसाद पाठकले जानकारी दिए ।

बावु बनेर नागरिकता दिलाउने मुख्य अभियुक्त विराटनगर कटहरी गाउँपालिका १ बस्ने ५५ वर्षीय सत्यनारायण पोद्दारले भारतको बिहार जदिया भन्ने स्थानमा बस्ने २२ वर्षीय संजिब पोद्दार, २० वर्षीय धिरज पोद्दार, जितेन्द्र पोद्दार, २५ वर्षीय राजेन्द्र पोद्दार, २५ वर्षीय रोशन कुमार पोद्दार, १८ वर्षीय मिथीलेस पोद्दार, १९ वर्षीय पवन पोद्दारलाई आफ्नो छोरा बताएर बंशजको आधारमा नागरिकता सिफारिस गराएका थिए ।

पाँच जनाको उनले नागरिकता बनाइसकेका थिए भने दुई जनाको नागरिकता बनाउन जिल्ला प्रशासन जाँदा पोल खुलेको थियो । प्रहरीले अहिलेसम्म नागरिकता बनाइदिने मुख्य अभियुक्त सत्यनारायणलाई मात्र पक्राउ गरेको छ । अन्य फरार छन् । अभियोगपत्रमा झुठो नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष, सदस्य र वडा सचिवसहित सर्जमिनमा साक्षी बस्नेहरुलाई पक्राउ पुर्जी जारी गरिदिन अदालत समक्ष माग गरिएको छ ।
नयाँ पत्रिकाबाट

Logo