काभ्रेपलान्चोक । काभ्रेपलान्चोक आईटीएफ तेक्वान्दो प्रतिस्ठानको आयोजना तथा बनेपा नगरपालिकाको मुख्य प्रायोजनमा बनेपा मेयर कप भ्याली आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा काभ्रे, काठमाडौं,ललितपुर, भक्तपुर र रामेछापका गरि २५० खेलाडीहरुको सहभागिता रहेको छ। सबै खेलहरु काभ्रे तेक्वान्दो आईटीएफ प्रतिस्ठानको हलमा हुनेछन्। १५ देखि ७० केजी मुनिका तौल समूहमा विजयी हुने खेलाडीले ट्रफी मेडल र प्रमाणपत्र पाउने छन्।

बनेपाका मेयर शान्ती रत्न शाक्यको प्रमुख आतिथ्यमा, उपमेयर बिमला सापकोटा दाहाल, काभ्रे आईटीएफ अध्यक्ष किशोर बरुण श्रेष्ठ, आईटीएफ महासंघका उपाध्यक्ष राज मन्दिर श्रेष्ठलगायतले प्रतियोगिताको उद्दघाटन गरेका थिए । उद्दघाटन समारोहमा बोल्दै मेयर शाक्यले यो खेलले समग्रमा खेलाडीको मात्रै नभइ राज्यको पनि पहिचान राख्ने भएकाले यस खेलमा लाग्न सबै खेलाडी हौसला प्रदान गरेका थिए। साथैं उनले बनेपामा अझै यस खेललाई लगानी गरि धेरै खेलाडी उत्पादन गर्न सक्दो सहयोग गर्ने बताए ।































प्रतिक्रिया