देशका ७४८ स्थानिय तहमा बैंकका शाखा विस्तार, कहाँ-कहाँ पुग्न बाँकी ?

देशका ७४८ स्थानिय तहमा बैंकका शाखा विस्तार, कहाँ-कहाँ पुग्न बाँकी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

देशका कुल ७५३ स्थानीय तहमध्ये गत असोजसम्म ७४८ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म पाँच स्थानीय तह बाहेक सबै ठाउँमा वाणिज्य बैंकका शाखा पुगेका हुन् ।

०७६ असोजसम्म ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

यस्तै प्रदेश १ मा ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा शाखा पुगेको छैन । वाग्मती प्रदेशको धादिङको रुवी भ्याली र नेत्रावती गाउँपालिकामा शाखा पुग्न बाँकी छ । यस्तै, कर्णालीमा जाजरकोटको जुनीचाँदे गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छ ।

Skip This
Skip This
Logo