काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरीको नतिजा प्रकाशित भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार नतिजा मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिनेछ ।
विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वतः अयोग्य हुनेछन् । डीभीका लागि कैयन नेपालीहरुले आवेदन दिने गरेका छन् ।
गत बर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी खुला भएको थियो ।
डिभी परे/नपरेको यस वेबसाइटबाट हेर्न सकिनेछ ।





























प्रतिक्रिया