साहित्यकार पहाडी र वललाई जनमत राष्ट्रिय सम्मान

साहित्यकार पहाडी र वललाई जनमत राष्ट्रिय सम्मान

केन्द्रबिन्दु
36
Shares

काठमाडौ । जनमत वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ ।

नेपाली भाषा साहित्य र वाङ्मयमा पुर्याउनु भएको योगदान बापत पहाडीलाई गणेश-खिलकुमारी दुवाल-जनमत सम्मान र वललाई जनमत-ज्ञानरत्न/ मङ्गलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो ।

वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, राजभाई प्रधान, प्रेम श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, दियेशरत्न शाक्य लगायतले पहाडी र वललाई दोसल्ला, सम्मान पत्र, खादा र नगद अर्पण गरे ।

जनमत वाङ्मय प्रतिष्ठानले गत महिना आफ्नो ४१औँ वार्षिकोत्सव मनाउने क्रममा २० जना सर्जकलाई सम्मानित गरेको र उक्त समारोहमा विशेष कारणले छुटेका स्रष्टालाई राजधानीमा छुट्टै कार्यक्रम आयोजना गरि सम्मान गरिएको प्रतिष्ठानका सचिव सिर्जना दुवालले बताइन । कार्यक्रममा कविहरु दियेशरत्न शाक्य, चेतनाथ धमला, रामसुन्दर देउजा लगायतले कवितावाचन गरेका थिए ।

प्रतिष्ठानले नेपाली भाषा र साहित्यको प्रबर्द्धनका लागि पुस्तकालय निर्माण, स्रष्टा सम्मानका साथ साथै “जनमत” साहित्यक मासिक निरन्तर प्रकाशन गर्दै आएको र हाल ३ सय ३०औं अङ्क प्रकाशन भइसकेको अध्यक्ष दुवालले बताए ।

Logo