ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथ ग्रहण आज

ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथ ग्रहण आज

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ ग्रहण आज हुने भएको छ ।
बिहान ११ः३० बजे सिंहदरबारमा नवनियुक्त राज्यमन्त्रीको शपथ हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका थिए । यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेपछि गर्बुजा आएका हुन् ।

गर्बुजा म्याग्दी कांग्रेसका सभापति हुन् ।

Logo