रियल म्याड्रिडको सकसपूर्ण जित

रियल म्याड्रिडको सकसपूर्ण जित

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सकसपूर्ण जित दर्ता गरेको छ । आज भएको खेलमा रियलले सेल्टा भिगोलाई ३‍-२ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।

खेलको नतिजा अनुसार रियल म्याड्रिडले ३ गोल गर्दा सेल्टा भिगोले २ गोल फर्काएको थियो। रियल म्याड्रिडका लागि युवा खेलाडी अर्दा गुलेरले ३३औँ मिनेटमा पहिलो गोल गरे । त्यसपछि स्टार फरवार्ड किलियन एमबाप्पेले ३९औँ र ४८औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई जिततर्फ डोर्याए।

तर, सेल्टा भिगोका लागि जाभी रोड्रिग्वेजले ६९औँ मिनेटमा र विलियोट स्वेडबर्गले ७६औँ मिनेटमा गोल गरे पनि टोलीलाई बराबरीमा फर्काउन खोजे । तर थप गोल हुन नसक्दा पर्याप्त हुन सकेन ।

यो जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनामाथि दबाब बढाएको छ । रियलले ३४ खेलबाट ७५ अंक जोड्दा बार्सिलोना ४ अंकले अझै अगाडि छ ।

Logo