दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलाई पाँच दिन म्याद थप

दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलाई पाँच दिन म्याद थप

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागू हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश गरेको थियोे ।

गएकाे चैत १५ गते तीनकुनेमा राजावादी समर्थकहरूले गरेकाे प्रदर्शनमा २ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति भएकाे घटनामा मिश्र र प्रसाईसहित २५ जनामाथि प्रहरीले थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । यसअघि राप्रपाका महामन्त्री धवल शमशेर जबरा हाजिर जमानीमा रिहा भएका थिए ।

Skip This
Skip This
Logo