हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा कार ठोक्किएपछि‍‍‍…

हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा कार ठोक्किएपछि‍‍‍…

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ ।

गएराति बा १५ च ७६५२ नम्बरको कार ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा ठोक्किएको हो । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।

दुर्घटनापछि पोल भाँचिएर सडकमा पुगेपछि यातायात आवागमन बन्द भएको छ । हाल नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरुसमेतको सहयोगमा पोल हटाउने प्रयास जारी रहेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार तीव्र गतिका कारण कार दुर्घटनामा परेको हो । कारको अगाडिको भाग क्षति पुगेको छ ।

Logo