काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्यनरत नेपाली विद्यार्थी प्रिशा शाहको मृत्यु कसरी भयो यसको छानविन गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १२ सय नेपाली अध्यन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरु संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘पहिले प्रकृति लम्सालको दखःद निधन भयो । त्यसको पीडा र घाउ सेलाउन नपाउँदै अर्की नेपाली छात्राको मृत्युको दुखद खबरले हामी नेपालीहरु स्तब्ध भएका छौं । भारतको उडिसा स्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिए प्रथम वर्षमा अध्यनरत छात्रा प्रिसा साहको दुखद मृत्यु भएको छ । १२ सय नेपाली अध्यन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरु संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति होस् ।’





























प्रतिक्रिया