सूर्य थापाको कटाक्षः सरकार ढल्ने कुराले मिडिया रङ्गाउने र समाजमा ध्वनि प्रदूषण गर्‍यो

सूर्य थापाको कटाक्षः सरकार ढल्ने कुराले मिडिया रङ्गाउने र समाजमा ध्वनि प्रदूषण गर्‍यो

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले सरकार ढल्ने कुराले समाजमा ध्वनि प्रदूषण मात्रै गरेको बताए छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित कटाक्ष गर्दै सो कुरा बताएका हुन् ।

‘सङख्यात्मक रुपमा संसदका दुई वटा दल मिलेर बनेको सरकार, सङख्यात्मक रुपमा बलियो छ । आलोपालो सरकार चलाउने भनेर बनेको सरकारले नीति तथा कार्यक्रम पनि ल्याइसकेको छ,’ उनले भने, ‘तर त्यसयता सरकार विरुद्धका चलखेल जारी छ । सरकार आजै ढल्छ, भोली नै ढल्छ । मैले सबै मिलाइ सेक अब सरकार रहँदैन जस्ता वक्तव्यवाजीहरुले हरेक दिन मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण हुने क्रम जारी छ ।’

त्यस्ता वक्तव्यका पछाडि नलागी सरकार अघि बढिरहेको छ र ति वक्तव्यहरु निरर्थक साबित भएको उनले बताए ।

Logo