चितवनमा पनि खुल्यो स्काईवेलको शोरुम, एच३आर मोटर्स बन्यो डिलर पार्टनर

चितवनमा पनि खुल्यो स्काईवेलको शोरुम, एच३आर मोटर्स बन्यो डिलर पार्टनर

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । जी मोटर्सले एच३आर मोटर्सलाई आधिकारिक डिलरको रूपमा नियुक्ति गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै सोमबार डिलर नियुक्ति गरी औपचारिक रूपमा नयाँ शोरुम चितवनमा सञ्चालनमा ल्याएको हो ।

शोरुम उद्घाटन समारोहमा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल र एच३आर मोटर्सका हरि भण्डारीको उपस्थिति थियो । सर्भिस नेटर्वक र नयाँ शोरुम विस्तारमा आक्रामक बन्दै गएको जी मोर्टसले योसँगै स्काईवेलका गाडी चितवनको भरतपुरबाट पनि बिक्री गर्न थालेको छ ।

शोरुम शुभारम्भका दिनै एच३आर मोटर्सले पहिलो ग्राहकको रूपमा कृष्ण रेग्मीलाई पाएको छ । एच३आर मोटर्सका अनुसार रेग्मीले ५२० किलोमिटर रेन्ज दिने स्काईवेलको बीई११ मोडलको गाडी बुकिङ गरेका छन् । चितवन क्षेत्रका ग्राहकलाई योसँगै स्काईवेलका प्रडक्ट टेस्ट-ड्राइभ एवं बुकिङको बाटो खुलेको छ ।

सुविधा सम्पन्न यो शोरुमबाट चितवनका ग्राहहरूले स्काईवेलका गाडी किन्न हेर्न सक्ने जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिए । नेपालमा पाइने विद्युतीय सवारी साधनहरु मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयूभी स्काईवेल ईटी५ पनि जी मोटर्सले बिक्री गर्दै आएको छ ।

‘हामी बिक्री पछिको सेवालाई मध्यनजर गर्दै गाडी बिक्री गरिहरेका छौं, दिनुपर्ने सेवामा हामी कहीँ कति पनि चुक्ने छैनौं, चितवनमा स्थापित नयाँ शोरुम सञ्चालनले नेपालमा स्काईवेलको बिक्रीमा नयाँ आयाम थप्ने छ,’ उनले भने ।

चिनियाँ ब्रान्डको स्काईवेल ६५ भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । स्काईवेल चिनियाँ ईलेक्ट्रोनिक्स जाईन्ट स्काईवर्थको ब्रान्ड हो । स्काईवेलका नेपालका प्रमुख सहरहरूमा शोरुम सञ्चालनमा ल्याइसकेको छ ।

स्काईवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्रान्ड र नेपालमा जी मोटर्सको बलियो बिक्री पश्चातको सेवा रहेको प्रबन्ध निर्देशक गेलालले बताए । साथै, स्काईवेलको गाडी किन्दा र टेस्ट ड्राइभ गर्दा युरोप घुम्न जान स्किम पनि सञ्चालनमा छ ।

‘स्काईवेल ड्राइभ-२०२५ नेपाल टु युरोप’ क्याम्पेन सञ्चालनमा आएसँगै यो अवसर आएको हो । उक्त क्याम्पेनमा सहभागी भई तपाईंले पनि युरोप घुम्न जान सक्ने अवसर प्राप्त गर्न सक्ने बताइएकाे छ ।

गाडी खरिद गर्नेले मात्र नभई उनको आफ्नो पार्टनरले समेत युरोप घुम्न पाउने छन् । साथै, स्काईवेलको गाडी टेस्ट ड्राइभ गर्ने एक महिला र एक पुरुषले पनि युरोप घुम्ने अवसर यो स्किमबाट पाउने कम्पनीले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo