जादू चलाउन चाहे त चल्छ, तर अहिले त्याे पक्षमा छैनौं -अध्यक्ष प्रचण्ड

जादू चलाउन चाहे त चल्छ, तर अहिले त्याे पक्षमा छैनौं -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारतिर भन्दा पनि जनतातिर ध्यान रहेको बताएका छन् ।

सोमबार सदनबाट बाहिरिने क्रममा संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूले चाहे सरकार परिवर्तन गर्न जादू चलाउन सक्ने दाबी पनि गरे ।

उनले भने, ‘अहिले हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतामै जाने छ । जादू चलाए त चल्छ तर अहिले हामी चलाउने पक्षमा छैनाैं । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा जाँदैछाैं ।’

अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन निकै ग्राहो छ भन्ने प्रश्नमा उनले देउवा फकाउने पक्षमा नरहेको पनि प्रष्ट पारे । अहिले कसैलाई फकाएर सरकार ढल्नुभन्दा पनि आफ्नै बोझले सरकार ढल्ने र जनताको मनबाट त सरकार ढलिसकेको टिप्पणी गरे ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम झारा टार्ने खालको मात्रै भएको र नयाँ रचनात्मक, जनताको पक्षमा नीति तथा कार्यक्रम नरहेको पनि दोहोर्‍याए ।

Logo