कलिंगा घटनाबारे मन्त्रालय गम्भीर रुपमा अध्ययन गरिरहेको छ -शिक्षामन्त्री पन्त

कलिंगा घटनाबारे मन्त्रालय गम्भीर रुपमा अध्ययन गरिरहेको छ -शिक्षामन्त्री पन्त

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्यनरत नेपाली विद्यार्थी प्रिन्सा शाहको मृत्यु भएको घटनाप्रति मन्त्रालय गम्भीर भएर लागेको बताएका छन् ।

सोमबार शिक्षा उपसमितिको बैठकमा उनले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई विश्वविद्यालयमा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको ति एजेन्सीहरुसँग बसेर घटनाको छलफल गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले भने, ‘मैले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई विश्वविद्यालयमा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको छ, ति मान्छेहरु पत्ता लगाउनु र उनीहरुसँग एक पटक बसेर कसरी यस्तो घटना भयो छलफल गर्नुपर्यो भनेर निर्देशन पनि दिएको छु । यसमा काम भइरहेको छ ।’

यस्तै, यो घटना घट्ना साथ मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई तत्काल परराष्ट्रसँग समन्वय गरेर यस बारेमा विस्तृत जानकारी लिन निर्देशन दिएको भन्दै यस बारेमा मन्त्रालयले आवश्यक समन्वय पनि गरेको बताए ।

Skip This
Skip This
Logo