एसी मिलानले जेनोआलाई हरायो

एसी मिलानले जेनोआलाई हरायो

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित दर्ता गरेको छ । गएराति भएको खेलमा मिलानले जेनोआलाई उसकै मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ६१औं मिनेटमा जेनोआका भिटिन्हाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर, मिलानले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

खेलको ७६औं मिनेटमा राफेल लिआओले मिलानका लागि बराबरी गोल फर्काए। त्यसपछि, खेलको ७७औं मिनेटमा जेनोआका मोर्टेन फ्रेन्डुपले आत्मघाती गोल गरेपछि मिलानले २-१ को जित सुनिश्चित गर्यो।

यो जितसँगै एसी मिलान ५७ अंकसहित नवौं स्थानमा रहेको छ ।

Logo