मेट गालामा यस्तो अवतारमा देखिए अभिनेता शाहरुख खान

मेट गालामा यस्तो अवतारमा देखिए अभिनेता शाहरुख खान

केन्द्रबिन्दु
69
Shares

काठमाडाैं । बलिउडका बादशाह भनिने नायक शाहरुख खानले यस वर्षको बहुप्रतीक्षित मेट गाला २०२५ मा पहिलोपटक आफ्नो उपस्थिति जनाएका छन् ।

शाहरुख मेट गालामा भाग लिने पहिलो भारतीय पुरुष अभिनेता हुन् ।

सब्यसाची मुखर्जीद्वारा डिजाइन गरिएको कालो शाही पहिरनमा सजिएका शाहरुख रेड कार्पेटमा छाएका थिए। उनको शाही लुक, जसमा तहदार नेकलेस र बाघको टाउको भएको छडी थियो, भारतीय राजसीता र आधुनिक फेसनको उत्कृष्ट संयोजन देखिन्थ्याे ।

कार्यक्रममा शाहरुखका अलावा कियारा आडवाणी र दिलजीत दोसांझ पनि सहभागी थिए। कियारा भारतीय डिजाइनर गौरव गुप्ताले लगाएको गाउनमा देखिएकी थिइन् भने दिलजीत दोसांझ महाराजा लुक्समा देखिएका थिए ।

प्रत्येक वर्षको मे ५ मा न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा हुने मेटगालाको विषयवस्तु ‘सुपरफाइनः टेलरिङ ब्ल्याक स्टाइल’ हो, जुन मोनिका एल. मिलरको पुस्तक ‘स्लेभ्स टु फेसन : ब्ल्याक ड्यान्डिज्म एन्ड द स्टाइलिङ अफ ब्ल्याक डायस्पोरिक आइडेन्टिटी’बाट प्रेरित छ । यहाँ कार्यक्रममा प्रियंका चोपडा र निक जोनसलगायत विश्वका चर्चित सेलिब्रेटी सहभागी थिए ।

Skip This
Skip This
Logo