जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा सांसद मनिष झाकाे आपत्ति

जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा सांसद मनिष झाकाे आपत्ति

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिने जानकी जयन्तीको दिन बिदा दिन चाँही छुटाउने भन्दै प्रश्न गरे ।

उनले भने, ‘यो सगरमाथाको देश, बुद्धको देश भन्दै गर्दा जानकीको देश भन्ने बिर्सेको छौं । त्यही क्रममा आज जानकी जयन्तीको दिन बिदा पनि छुटाऔं । खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिन्छौं । तर आफ्नै भूमिमा जन्मिएका जानकी जयन्तीमा बिदा दिदैनौं । दुई वर्ष बिदा दिएको रहेछ तर फेरी हटाएका छौं । राज्य संयन्त्रले आमाको नाममा नागरिकता त दिएन । मन्त्रिपरिषद्मा महिलाको उपस्थिति पनि हामीले कमजोर देखिरहेको छौं । भएको एउटा मन्त्री पनि जानुभयो ।’

त्यस्तै, उनले अहिले राजनीतिक प्रतिशोधको क्रम चलिरहेको भन्दै त्यसलाई हेरेर मात्र सधैं चुप लागेर बस्न नसक्ने बताए ।

Skip This
Skip This
Logo