स्याङ्जा

भीरकोट नगरपालिका ५ को स्वरेकमा जारी प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा कोरियाले वर्चश्व कायम गरेको छ । "/>

प्याराग्लाइडिङ विश्वकपमा कोरियाको वर्चश्व

प्याराग्लाइडिङ विश्वकपमा कोरियाको वर्चश्व

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा

भीरकोट नगरपालिका ५ को स्वरेकमा जारी प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा कोरियाले वर्चश्व कायम गरेको छ । कोरिया पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्न सफल भएको छ ।

शनिबार भएका तीन चरणका खेलमा कोरियाका स्यांग्यु लिम १० अंक सहित पहिलो स्थानमा आए । दोस्रो स्थानमा कोरियाकै किङकी हेवन ११ अंक र जिहुनयु १३ अंक सहित तेस्रो स्थानमा छन् । यस्तै स्लोभेनियाका एडम १४ अंकसहित चौथो स्थानमा छन् ।

पहिलो चरणको खेलमा सातौं स्थानमा रहेको नेपाल दोस्रो दिन दसौं स्थानमा धकेलिएको छ । दोस्रो दिन तेस्रो चरणबाट सुरु भएको खेलमा ७० जना खेलाडी सहभागी थिए ।

यसैगरी पाँचौं, छैटौ र सातौं स्थानमा क्रमशः कोरियन खेलाडी सेवङमिङ्ली, च्याङमिङ्ली र मुङ्सेवभ लिम छन् । आठौं स्थानमा चीनका झ्युचेन, नवौंमा कोरियाको इयोङ्चो र दसौं स्थानमा नेपालका युकेश गुरुङ छन् । नेपाली खेलाडी युकेशले २८ अंक ल्याए ।

यसैगरी नेपालका विजय गौतम ३८ अंकसहित १३ औं र विमल अधिकारी ४३ अंक ल्याएर १४ औं स्थानमा छन् । चौथो चरणमा ७० नै रहे भने पाँचौं राउन्डमा तीन जना खेलाडी घाइते भएकाले ६७ जना खेलाडी मात्र सहभागी थिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo