काठमाडौं । नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा कुर्सी हानाहान भएको छ।
जनकपुरमा जारी अधिवेशनमा मंगलबार दुई समूहबीच विवाद हुँदा कुर्सी हानाहान गर्नुपर्ने अवस्था आएको हो । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया, निवर्तमान अध्यक्ष राजकिशोर यादव पक्षबीच विवाद उत्पन्न भएको बताइएको छ ।
एमाले धनुषाको अधिवेशन आइतबादेखि सुरू भएको थियो। नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको थियो। त्यसअनुसार उम्मेदवारी दर्ता भई अन्तिम नामावली प्रकाशन गर्ने बेलामा नाम थपघट देखिएपछि विवाद भएको हो ।
निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन्। यो विवादपछि कोही मतदान सुरु गर्न माग गरिरहेका छन् भने कोही धर्नामा छन्।





























प्रतिक्रिया