काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले राजतन्त्रको आलोचनामा अनावश्यक समय खर्चिनु उपयुक्त नहुने भन्दै गणतन्त्रवादीहरुलाई सुझाएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद गुरुङले भने, ‘०६२/६३ को जनआन्दोलनले लखेटेर भीरबाट लडेर मरेको बाघको लासलाई पुक्कपुक्क लात हान्नेहरूको पनि खुट्टा गन्हाउँदै छ, हामी सचेत हुनुपर्छ । मरेको बाँघको जुँगा उखेलेर पुरुषार्थ देखाउन बन्द गर्नुपर्छ ।’
बरु जनताकाे पक्षमा संविधान संशोधन गरेर गति अघि बढाउन उनकाे आग्रह छ ।































प्रतिक्रिया