ईन्स्पेक्टर खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक [भिडियाे]

ईन्स्पेक्टर खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक [भिडियाे]

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । पृथ्वी खनाल भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चा बटुल्न सफल गायक हुन् । फरक शैलीमा विभिन्न गीतमार्फत पहिचान बनाएका छन् । सशस्त्र प्रहरी बलका ईन्स्पेक्टर समेत रहेका उनै गायक खनालले अर्को नयाँ गीत सार्वजनिक गरेका छन् । गीतको बोल छ ‘मन सानो’ ।

पृथ्वी खनालकै शब्द र संगीत, शाहस शाक्यको संगीत संयोजन रहेको गितमा भोइस अफ नेपाल -६ का सेमिफाइनलिस्ट इन्द्रकला राईको आवाज सुन्न सकिन्छ । उनलाई साथ दिएकी छन् प्रतिभा बिकास थारुले ।

म्युजिक भिडियो लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन भने रोश्नी कार्की र पृथ्वी खनालले त्यसमा अभिनय गरेका छन् ।

Logo