अर्थतन्त्रको ऐनामा कुरुप कमिसन खोरको अनुहार देखिएको छ -सांसद कार्की

अर्थतन्त्रको ऐनामा कुरुप कमिसन खोरको अनुहार देखिएको छ -सांसद कार्की

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आईपिओहरुको निष्कासन गर्नको लागि उनले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् ।

उनले भनिन्, ‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो । तर यो ऐनामा एउटा कुरुप कमिसन खोरको अनुहार देखिएको छ । आईपिओहरुको निष्कासन गर्नको लागि धितोपत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन मागको कुरा बजारमा आइरहेको छ । बोर्डले आफूले राम्रोसँग काम गरेको छैन् । पुँजीबजारमा हजारौैं नागरिकको पैसा फसेको छ । उनीहरुमाथि अन्याय भएको छ । तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाओस् र कमिसन खोर बोर्डको अध्यक्षमाथि कारबाही होस् ।’

Skip This
Skip This
Logo