काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । गएराति भएको खेलमा चेन्नईले कोलकातालाई उसकै मैदानमा २ विकेटले पराजित गरेको हो ।
कोलकाता नाइट राइडर्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो। जवाफमा चेन्नई सुपर किंग्सले १९.४ ओभरमा ८ विकेट गुमाउँदै १८३ रनको लक्ष्य भेट्टाएको हो ।
खराव सुरुवात गरेको चेन्नईले ६० रनमा ५ विकेट गुमाएको थियो । त्यसपछि जितमा फर्काउन डेवाल्ड ब्रेसभसले २५ बलमा ५१ रन प्रहार गरे । यसैगरी, उर्भिल पटेलले ११ बलमा ३१ रन प्रहार गरे । शिवं दुवेले ४० बलमा ४५ रन जोडे ।
कोलकाताका वैभव आरोहाले तीन विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेटको क्षतिमा १७९ रन जोडेको थियो । कोलकाताका लागि कप्तान अजान्के रहानेले सर्वाधिक ४८ रन जोडे भने आन्द्रे रसेलले २१ बलमा ३८, मनिस पाण्डेले अविजित रहँदै २८ बलमा २६ तथा सुनिल नारायणले २६ रन जोडेका थिए ।
कोलकाताका नुर अहमदले चार विकेट लिए ।
यो हारसँगै कोलकाता १२ खेलमा ११ अङ्क सहित छैटौँ स्थानमा छ । प्ले अफमा प्रवेश गर्ने सम्भावना कोलकाताका लागि अब अंक गणितीय रूपमा बाँकी छ । यता जितको खडेरी तोडेको चेन्नई भने ६ अङ्कसहित पुछारमा छ ।





























प्रतिक्रिया